You are viewing the translated version of सवारी साधनमा गरिने बिज्ञापन.

Rule 9B
सवारी साधनमा गरिने बिज्ञापन
(१) विज्ञापनदाताले सवारी साधनमा विज्ञापन गर्दा त्यस्तो: सवारी साधन आबद्ध भएको समिति वा कम्पनीको प्रधान कार्यालय रहेको स्थानीय तह वा सवारी धनीको बसोबास भएको स्थानीय तहबाट अनुमति लिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिमको अनुमति दिँदा सम्बन्धित स्थानीय तहले देहायको विषयलाई विचार गर्नु पर्नेछ: "

(क) प्रचलित सवारी तथा यातायात सम्बन्धी कानूनले तोकेको मापदण्ड विपरीत नहुने सुनिश्चितता,

(ख) विज्ञापनको विषयवस्तुले सवारी साधनको पूरै सिसा ढाक्न नहुने कुराको सुनिश्चितता,

(ग) सवारी साधनको स्वरुपमा परिवर्तन नहुने विषय, (घ) बोर्डले निर्धारण गरेको मापदण्ड तथा अन्य शर्तहरु ।